mahantha-thakur11
हुलाकी न्यूज, विराटनगर ७ माघ ।
सरकार नै संविधान संशोधनको विपक्षमा देखिएको आरोप तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले लगाएका छन् । ठाकुरले संविधान संशोधन गर्न सरकारले आनाकानी गरेको र दर्ता भएको विधेयक पनि असफल पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार विहान विराटनगरस्थित विमान स्थलमा पत्रकारहरुसँगको कुराकानीमा ठाकुरले संविधान संशोधनलाई थाती राखेर चुनावमा गए त्यसलाई विथोल्ने चेतावनीसमेत दिए । मधेशी मोर्चाको मागलाई बेवास्ता गर्दै सरकारले चुनावको कुरा उठाएको आरोप लगाउँदै ठाकुरले मधेशको माग पुरा नभएसम्म कुनै पनि चुनाव हुन नदिने अडान लिए ।

‘सिमांकन सम्वन्धी विवाद टुंगो नलागेसम्म हामी कुनैपनि निर्वाचनलाई स्वीकार गर्ने पक्षमा छैनौं, यदि सरकार हाम्रो मागलाई सम्बोधन नगरी चुनावमा जान्छ भने हामी चुनाव हुन्न दिन्नौं ।’ ठाकुरले भने ।

आफुहरुले परिमार्जनसहित संविधान संशोधन गर्न माग राखेका बताउँदै ठाकुरले सरकार चुनावको कुरा गरेर हाम्रो मागलाई बेवास्था गर्न खोज्छको जनाए ।

‘सरकारले नै संविधान संशोधन प्रकृयाका लागि सदनमा टेबल गराउने अनि सरकारले नै असफल बनाउने काम गर्छ भने त्यसलाई स्विकार गर्न सकिन्न,’ ठाकुरले भने, ‘संविधान संशोधन कुनैपनि हालतमा पास हुनु पर्छ । अनी मात्र कुनै पनि निर्वाचन हुन सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.