हुलाकी न्यूज, काठमाडौ, ४ असोज । संघीय मधेशी मोर्चाले आन्दोलन सशक्त बनाउने जनाएको छ । आन्दोलनरत अन्य पक्षहरुसँग सहकार्य गरेर आन्दोलन सशक्त बनाउन लागिएको मोर्चाका संयोजक अनिल झाले बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी झाले नयाँ संविधानमा अन्तिम समयसम्म पनि माग संबोधन हुने आशामा रहेका मधेशी जनताहरु संविधान जारी भएपछि निराश भएको भन्दै माग संबोधन गर्ने तत्काल दतारुकता नदेखाए आन्दोलनरत अरु शक्तिहरुसँग मिलेर अझै शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने–यो संविधानले मधेशको समस्या समाधान गर्न सकेन । अरु आन्दोलनरत शक्तिहरुसँग मिलेर थप आन्दोलनको घोषणा गर्छौ ।
नेपाल सद्भावना पार्टीका अध्यक्षसमेत रहेका झाले मुलुकको आधा हिस्सा आन्दोलनमा रहेको बेला प्रधानमन्त्री न्यूयोर्क जानु उचित नहुने भन्दै मधेसीहरुको माग संबोधन गरेर मात्र जान सुझाव दिए ।

उनले भने– यो बेला प्रधानमन्त्री विदेश जाने होईन । अहिले मुलुकको समस्या समाधान छाडेर जाने नागरिक गैरजिम्मेवार हुन्छ ।

प्रधानमन्त्री विदेश नभए केही हुँदैन । प्रधानमन्त्रीले केही नगरी हिडे मुलुककोलागि दुर्भाग्य हुन्छ । जनता अब पछि हड्नेबाला छैनन ।

लोक दलका अध्यक्ष कौशलकुमार सिंहले मधेश जलिरहेको बेला नयाँ संविधानको स्वागत गर्दा मधेशमा द्धन्द र विभाजनको विजारोपण गर्ने भन्दै अल्पमतको कुरालाई सम्मान गरेर मात्रै लोकतन्त्र सबल बनाउन सकिने बताए ।

उनले लाशमाथि चढेर आएको संविधान टिकाउ नहुने भन्दै यस्तो संविधानले द्धन्द र अस्तिरता मात्रै बढाउने दावी गरे ।

पत्रकार सम्मेलनमा मोर्चाले संविधानमा रहेका असहमति सार्वजनिक गरेको थियो । जसअनुसार संघीयताको स्वरुप र अधिकारको बाँडफाड अन्यायपूर्ण रुपमा रहेको, प्रदेशको सीमा र अधिकार स्थापित मान्यता विपरित रहेको, सुरक्षा निकायलाई एकात्मक राखिएको, न्यायपालिका र सबै आयोग एकात्मक रहेको, प्रदेशलाई बोधार्थ अड्डा बनाईएको, समावेशी समानुपातिक जनप्रतिनिधित्व नभएको, मधेश विद्रोहको अपमान गरिएको, नागरिकता सम्बन्धी ब्यवस्था पश्चगामी रहेको छ ।

2 COMMENTS

  1. Anil jha apne aukad dekha diy. ab jab dekh raha hain ke kuch nahi mila toh andolan ko thap sasaqt bana ne ki baat karta . kitna aadmi hain tera paas re bhduwa. janta ka mat le ke bibi ko nachata hain , jaa ke uski aanchl me chup ja nahi toh apni beti ki tarah suside kar ke mar jaa sala choor. mujha lagta hain ki tera beti ko tera jaisa kamena baap hone ka sarm tha tabhi toh sucide karliya usne

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.