Suprime_court_nepal
अर्कना खातुन, काठमाडौं ६ माघ । उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्तीका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले बिहीबार न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर, नियुक्तिको कारण देखाउ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको राससले जनाएको छ । बुधबार अधिवक्ताद्वय तोयनाथ ढुङ्गाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गरेका थिए । परिषद्को गत पुस २८ गतेको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Dipendra_jha
यता अधिवक्ता दिपेन्द्र झाले न्यायाधीश नियुक्ती विवादित भएको प्रमाणित सर्वोच्चले गरेको बताएका छन् । हुलाकी न्यूजसँग कुराकानी गर्दै अधिवक्ता झाले नियुक्ती उल्टिन सक्ने सम्भावना पनि हुने दाबी गरे । उनले अव न्यान परिषद्को कारणमा आगामी फैसला निर्भर रहेको समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.