rajendra mahato11
हुलाकी न्यूज, जनकपुरधाम ५ माघ ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले नेकपा एमाले एउटा एनजीओ पार्टी रहेको बताएका छन् । उनले तराई मधेशको जनताले एमालेलाई लत्याएर आउन नदिएपछि हाल आएर एनजिओको नाममा तराई झरेको बताएका हुन् ।

सर्लाहीको एक कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष महतो जनकपुर विमान स्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै संविधान संशोधन विना सरकारले चुनाव गराउन खोजे आफुहरुलाई मान्य नहुने बताउदै संविधानको विरोध मधेशी जनताले गरेको बेलामा संविधान लादिए जस्तै लाद्न खोजे अहिलेको संविधान अवस्था चुनावको पनि आउने बताए ।

सञ्चारकर्मीको एक जिज्ञासाको जवाफमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर आउन चूनौती दिँदै पहाड गएर मधेशी विरुद्ध बोले जस्तो तराईमा आएर बोल्न चूनौती दिए ।

उनले भने – “संविधान संशोधन विना चुनावको कल्पना नगरे पनि हुन्छ, यस्तो अवस्थामा यदि चुनाव भए राजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तो तानाशाही तथा राजतन्त्रवादी चुनाव हुनेछ ।”

एमालेप्रति मधेशमा वितृष्णा पैदा भइरहेकोले हाल मधेशमा एमाले विदाई अभियान नै प्रारम्भ भईसकेकोले जनताले नै एमालेलाई सही बाटो तर्फ दिशानिर्देश गर्ने उनको भनाई थियो ।

तराई मधेशका जिल्लाहरुमा बलिदानी दिवस मनाईरहेको सन्दर्भमा महतोले आजको दिन मधेश र देशकै लागि प्ररणादायी दिन भएको बताउदै सम्पूर्ण शहिदको सपना पुरा नभएसम्म आन्देलन समाप्त नहुने उनो भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.