ck-1 lahan
हुलाकी न्यूज, लाहान ५ माघ । मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लाहानमा स्वतन्त्र मधेश गठबन्धनले शक्ति प्रदर्शन गरेको छ । गठबन्धनको शक्ति प्रदर्शनमा हजारौंको संख्यामा मधेशी सहभागी भएका थिए ।

गठबन्धनको शक्ति प्रदर्शनको क्रममा सुरक्षा निकायहरु कार्यक्रम स्थलभन्दा सय मिटर बाहिरै बसेका थिए । गठबन्धनका संयोजक डा.सीके राउतले सहिदहरुको शालिकमा माल्यापर्ण गरेपछि लाहान बजारमा गठबन्धनका कार्यकर्ताहरुले मार्च पास गरेका थिए । मार्च पास गर्दै गठबन्धनका युवा दस्ताले डा.राउतलाई कार्यक्रम स्थलसम्म लगेका थिए ।

कार्यक्रममा गठबन्धनका संयोजक डा.राउत र सहसंयोजक कैलाश महतोले सम्बोधन गरेका थिए । गठबन्धनको कार्यक्रम स्थलभन्दा केही मिटर पर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि कार्यक्रमको आयोजना गरेका थिए तर मोर्चाका अधिकांश कार्यकर्ताहरु गठबन्धनको कार्यक्रममा सहभागी भए ।

ck-2 lahan
दशौं मधेश बलिदानी दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । दश वर्षअघि पहिलो मधेश आन्दोलनको क्रममा लाहानमा रमेश महतो मारिएका थिए । महतो पहिलो मधेश आन्दोलनका पहिलो सहिद हुन् । सहिदहरुको सम्झनामा माघ ५ गते मधेशमा मधेश बलिदानी दिवस मनाइदै आइएको छ ।

लाहानमा डा.राउत आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । डा.राउतका कार्यकर्ता कम संख्यामा भएको अवस्थामा डा.राउतलाई नियन्त्रणमा लिइने थियो । तर राउतका कार्यकर्ताहरुले लाहान बजार भरे पछि सुरक्षा निकाय पछि हटेको गठबन्धनका प्रवक्ता अब्दुल खानले बताए ।

1 2 3 4 5 madhesh-balidani4
तस्बीर : मनोज बनैता, श्यामशुन्दर मण्डल र फेसबुकबाट

2 COMMENTS

  1. जय मधेश।
    आजाद मधेश।
    स्वतंत्र मधेश।
    आज नेपाल सरकारको कठपुतली मीडिया पनि स्वतंत्र मधेशको आवाज लेख्न बाध्य छन।
    हामीलाई थाहा छ मधेशको आवाज कसरी मीडियाद्वारा दबाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.