bijay-kumar-gachchhadar
हुलाकी न्यूज, सुनसरी ४ माघ ।
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आफूहरु सरकारमा जाने कुरा हल्ला मात्र रहेको बताएका छन् ।

फोरम लोकतान्त्रिक क्षेत्रीय समिति क्षेत्र नं. ४ सुनसरीले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले फोरम लोकतान्त्रिक सरकारमा जाने कुरामा कुनै सत्यता नरहेको प्रष्ट्याएका छन् ।

साथै उनले परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको बताए । उनले अहिलेको आवश्यकता संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.