forum siraha
हुलाकी न्यूज, सिरहा ४ माघ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा विजयकुमार दनुवार नेतृत्वको नेपाल नागरिक लोकतान्त्रिक पार्टी विलय भएको छ ।

मंगलबार फोरम नेपाल सिरहाले चोहरवामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेतृत्वमा सिंगो पार्टी नै फोरम नेपालमा प्रवेश गरेको छ । नवप्रवेशी पार्टीका अध्यक्ष विजय कुमार दनुवारलाई फूलमालाले स्वागत गर्दै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका छन् ।

यसैगरी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व डीआईजी भागवत चौधरी थारू पनि फोरम नेपाल प्रवेश गरेका छन । उनी नेपाल नागरिक लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष समेत थिए ।

त्यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, तमलोपा, फोरम गणतान्त्रिक, सद्भावना पार्टी परित्याग गरि सवा पाँच सय जना नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.