Mao-Samsad-saptari
हुलाकी न्यूज, सप्तरी ४ माघ ।
सत्ता सञ्चालन गरिरहेको नेकपा माओवादी केन्द्रका दुई जना सांसदले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन आफूहरुलाई मान्य नभएको बताएका छन् ।

माओवादी केन्द्रका सांसदद्वय मानपुर चौधरी र अशोक मण्डल ‘अमर’ले मंगलबार राजविराजमा पत्रकार सम्मेलन गरी स्थानीय तह पुनर्संरचना आयोग प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।

चौधरी सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित छन् भने मण्डल सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । उनीहरुले सप्तरी जिल्लामा गरिएको पुनर्संरचना नसच्याए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

‘स्थानीय तह पुनर्संरचनाको नक्शा, डिजाइन अवैधानिक, अव्यबहारिक र गैरराजनीतिक छ’ उनले भने, ‘जनसंख्यालाई आधार मानेर भूगोलविद्, जनसंख्याविद् र अर्थ्विद्लाई राखेर स्थानीय तह पुनर्संरचना गर्नु जरुरी छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.