
हुलाकी न्यूज, काठमाडौं ३ माघ । सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मण लाल कर्णले संविधान संशोधन विधेयक पारित भएपछि मात्र चुनाव हुन दिने बताएका छन् ।
मधेशी मोर्चाका नेतासमेत रहेका कर्णले संविधान संशोधन विधेयक पारित नभएसम्म मोर्चाले कुनैपनि निकायको निर्वाचन हुन नदिने चेतावनी दिए ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कर्णले भने, ‘संसदमा टेबुल भएको संशोधन विद्येयक पारित नभएसम्म हामी कुनैपनि निर्वाचन हुन दिँदैनौं ।’ यद्धपी उनले आफूहरु चुनावको विरोधी नभएको स्पष्ट पारे ।
कर्णले भने,‘मोर्चा लोकतान्त्रिक पार्टी भएकोले हामी चुनावको विरोधी होईैनौं, हामी पनि चुनाव चाहन्छौं, चुनाव भएर संविधान कार्यान्वयन होस् भन्ने चाहन्छौं, तर त्यो भन्दा पहिले संशोधन विद्येयक पारित हुनुपर्छ ।’
उनले अहिले स्थानीय तह पूर्नसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदन एमालेको अवधारणाको प्रतिवेदन भएकोले त्यसलाई आफूहरुले कुनै हालतमा नमान्ने समेत चेतावनी दिए ।
उनले भने,‘जनताको सेवा घरभित्र पुर्याउनको लागि हो नि संघीयता भनेको त, तर यहाँ खोई कहाँ त्यस्तो भएको छ र? प्रतिनिधित्वको व्यवस्था हेर्नुहोस् त विभेदकारी छैन र ?’




hamro desh ma t jahile ni kaxaad maaxxaad vko dekhinx khile desh kko awastha thk hola kunni