janakpurdhan
हुलाकी न्यूज, जनकपुरधाम ३ माघ ।
एकीकृत शहरी विकास परियोजनाको प्रथम सार्वजनिक सुनवाई कार्यक्रममा झडप भएको छ ।

बन्द कोठामा सार्वजनिक सुनुवाई गरिएको भन्दै विवाद उत्पन्न भएपछि झडप हुँदा कार्यक्रम नै स्थगित गरिएको छ ।

एडीबी परियोजनाद्वारा सञ्चालित कार्य गुणस्तरहीन भएको भन्दै जनकपुरधामका युवाहरुले विरोध गर्दै आएका छन् । सोही क्रममा कैयौंपटक परियोजनाको कार्यालयमा तालाबन्दीसमेत भएको छ ।

नेपाल बार एसोसिएसन जनकपुरको सभा हलमा सोमबार आयोजित सार्वजनिक सुनवाईमा ठाउँ अभाव भएपछि विवाद हुँदा झडप भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.