?


संजय तिवारी, बारा ३ माघ ।
संघीय समाजवादी फोरम नेपालमा बाराबाट विभिन्न पार्टी परित्याग गरी चार सय बढी प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षा लगायत परिवर्तनको पक्षमा फोरम नेपाल अग्रपंक्तिमा रहेको भन्दै उनीहरु उपेन्द्र यादव नेतृत्वको फोरमको सदस्यता लिएका हुन् ।

सोमबार बारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा नेपाल लगायत विभिन्न पार्टी परित्याग गरी फोरम नेपाल प्रवेश गरेका प्रभावशाली नेता कार्यकर्ताहरुको ठूलो समूहलाई अध्यक्ष यादवले स्वागत गरेका छन् ।

अधिकार सम्पन्न मधेशको लागि अन्य पार्टीहरु इमान्दार एवं प्रतिबद्ध नभएको भन्दै फोरम नेपाल प्रवेश गरेको नवप्रवेशीहरुले प्रतिक्रिया दिए ।

पार्टी प्रवेश कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दी, केन्द्रीय सदस्यद्वय प्रमोद प्रसाद गुप्ता, रामकिशोर यादव, प्रकाश चौगाई, बच्चा यादव, नेताहरु आत्माराम साह, प्रयागराय यादव, पारष प्रसाद साह, शिवनाथ पटेल लगायत सहभागि थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.