
अर्कना खातुन, काठमाण्डौं, ३ माघ । नेपालकै राजनीतिमा पहिलो पटक इतिहास रच्दै गणतन्त्र नेपालको दोश्रो तथा प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालकै प्रथम पूर्व राष्ट्रपति रामवरण यादव बिच पारिवारिक सम्बन्ध गासिएको छ । सोमबार यादवका नाती अभिषेक यादव तथा भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारीको लगनगाठो शीतल निवासमा समपन्न भएको छ ।
मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा पूर्व राजा ज्ञानेन्द्र शाह शीतल निवास प्रवेश गरि बरबधुलाई आशिर्वाद दिए । त्यसपछि राप्रपा नेताहरुसँग भलाकुसारी गरि २० मिनेट पछि फर्के । पूर्वराजा ज्ञानेन्द्र शाहसहित दलका नेताहरुलाई पनि विवाह समारोहमा सहभागी हुन निम्तो दिइएको थियो ।
अभिषेश बिहान नौ बजे जन्ती लिएर शीतल निवास पुगेका थिए । बुढानीलकण्ठ स्कूल पढ्दादेखिकै साथी रहेका निशा र अभिशेषबिच करिब ९ वर्षदेखि प्रेम संम्बन्धको उतार चढाव पछिको संम्बन्ध आज विवाहमा परिणत भएको छ ।
एमाले जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने अभिषेश इन्जिनियर हुन् । भण्डारीको निधन हुँदा निशाकुशुम पाँच वर्षकी थिइन् । विवाह भोजमा भने एक हजार ५ सय पाहुना उपस्थित हुने बताइएको छ । निम्तालुहरुलाई मध्यान्ह १२ बजे उपस्थित हुन अनुरोध गरिएको छ ।




जननेता मदन भण्डारी/सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीकी सुपुत्री डा.निशाकुशुम भण्डारी र ई. अभिशेक यादवको विवाह सम्पन्न भएकोमा युगलजोडीलाई हार्दिक बधाई तथा मंगलमय शुभकामना ।
दाम्पत्य जीबनको सफलताको शुभकामना।
Very good