rfjlxnsf] Ps kf6L{ Kofn];df e]nf ePsf gofF zlQm lgdf{0f cleofgdf h'6]sf k"j{ k|wfgdGqL 8f afa'/fd e§/fO{nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;
हुलाकी न्यूज, काठमाडौं २ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनको नेतृत्व उपेन्द्र यादवले गर्दै आएका छन् । यादवले नै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई गठबन्धनमा ल्याउन प्रयास गर्दै आएका छन् ।

तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले उपेन्द्र यादवकै नेतृत्वमा संघीय गठबन्धनमा आउन अस्वीकार गरेका छन् । वर्तमान संविधान जारी गर्नुमा डा. भट्टराईको योगदान महत्वपूर्ण रहेको भन्दै मधेशीहरुले उनको विरोध गर्दै आएका छन् ।

आइतबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनका नेताहरु र नयाँ शक्ति पार्टीका नेताहरुबीच भएको छलफलमा मोर्चाका नेताहरुले भट्टराईलाई गठबन्धनमा ल्याउने विषयमा ढिलासुस्ती व्यक्त गरेका थिए भने यादव हतारिएका थिए ।

बबरमहलस्थित नयाँ शक्तिका नेता केशवमान शाक्यको घरमा आइतबार भएको छलफलमा गठबन्धनका संयोजक यादवले अहिलेकै संरचनामा गठबन्धनमा आबद्ध हुन भट्टराईलाई आग्रह गर्नुभएको थियो । तर, डा. भट्टराईले अहिलेको नेतृत्व र संरचना परिवर्तन गर्नुपर्ने बताउनुभएको थियो ।

त्यसलगत्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले हतारमा सहकार्य गर्न नहुने बताउनुभयो । ठाकरले पहिले आआफ्नो पार्टीभित्र छलफल गर्ने र आगामी बैठकमा अझै कुराकानी अगाडि बढाउने बताउनुभयो ।

बैठकमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले क्षणिक सहकार्यभन्दा दीर्घकालीन सहकार्यका लागि आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, बाबुरामजीप्रति मधेशीहरुमा सकारात्मक विचार आएको छैन । बाबुरामजीले पनि धेरै कुराहरु प्रष्ट गरेर सहकार्य गर्नुपर्ने हुन्छ ।

बैठकमा सहभागी सद्भावना पार्टीका महासचिव मनिष सुमनले दुई पक्षबीच सकारात्मक छलफल भएको बताउँदै छलफललाई निरन्तरता दिनका लागि पुनः बिहीबार बैठक बस्ने हुलाकी न्यूजलाई बताउनुभयो ।

उहाँले बाबुरामलाई संघीय गठबन्धनमा ल्याउने विषयमा यसअघि पनि छलफल भएको बताउँदै आगामी दिनमा पनि योजना बनाई छलफल हुृने बताउनुभयो । छलफलमा नयाँ शक्ति नेपालको तर्फबाट संयोजक डा. भट्टराई, देवेन्द्र पौडेल र करिश्मा मानन्धरसहितका नेताहरु सहभागी थिए । तर, मोर्चा र गठबन्धनसँग सहकार्यका लागि पार्टीभित्र बनाइएको वार्ता समितिका रामकुमार शर्मालगायतका मधेशी नेताहरुलाई यसबारे कुनै जानकारी दिइएको थिएन ।

त्यस्तै, गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, थरुहट तराई पार्टीका गोपाल दहित, कुमार लिंगदेनलगायत नेताहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.