kapilvastu
तिवारी यादव, परवानिपुर १ माघ ।
बाराको गाविस लिपनिमालको एक कार्यक्रमको बीच श्री भोज भगत उच्च माबिको बिज्ञान भवनमा सम्पन्न भएको छ ।

गाविस सचिव ललनराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा सिम्रौन पर्यटन प्रबर्द्धन बिकास समितिका सदस्य रामपाल यादव प्रमुख अतिथि बोल्दै भने गाउँ परिशदमा त गाउँकै बिकासमा विभिन्न शिर्षकमा रकम बिनियोजन गरिएको छ तर विशेष रकम बिनियोजन शिक्षामा गरिएको छ ।

यहीँ गाबिशमा परेका श्री नेरा प्राबी चैनपुरमा ९ लाख,लिपनिमालको मदर्शामा ४ लाख र श्री भोज भगत उच्च माबिमा १८लाख गरिएको छ ।अधिकतम रकम बिनियोजन श्री भोज भगतमा गरेछौ किनभने मुलभवन सरकारले त्रिभुवन राजमार्गको पुर्ब पश्चिमको २५र२५ मिटर लिएको हुँदा बिधालयको मुल भवन परिरहेको छ । बिधालयका विद्यार्थीहरु अलपत्रमा पर्न भएको हुँदा यहि बिधालयको अर्को बिज्ञान भवनमा यो साल रकम बिनियोजन गरेका छौं ।

विभिन्न पार्टीका प्रतिनिधिहरु यही विषयमा मन्तव्य व्यक्त गरेका थिए । नेपाली काङ्ग्रेसका पुन्यदेव यादव ,एमालेका गजेन्द्र पटेल ,माओवादी केन्द्रका इम्तियाज आलम ,बिजय गुप्ता फोरम नेपालका प्रदीप यादव आनन्द यादव , तमलोपाका महेन्द्र यादव ,श्री भोज भगत उच्च माबिका शिक्षक दिलिप उपाध्यक्ष ,जमिल अखतर ,महिला प्रतिनिधि रामसती देबि लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा, सर्बसधारन, शिक्षक, बुद्धिजिबि,नागरिक समाज लगायतको उप्स्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.