
हुलाकी न्यूज, काठमाडौं २९ पुस । अधिवक्ता दीपेन्द्र झाले असमावेशी न्यायाधीश नियुक्तिको घोर भर्त्सना गर्दै त्यसको विरोध गरेका छन् ।
उनले छापामार शैलीमा राति गरिएको असमावेशी नियुक्ति कदापि पनि आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
‘यो न्याय परिषद ऐन, २०७३ को दफा ५ र संविधानको धारा ३८, ४० र ४२ को उल्लंघन हो’ उनले भने ।
उनले सम्पूर्ण जिल्ला तथा उच्च अदालतका बार तथा वकिलहरुले यो नियुक्तिको विरोध गर्नुपर्ने धारणा राखेका छन् ।



