Tulanarayan-sah
तुलानारायण साह

नेपालको संविधान एक साम्प्रदायका लागि बनाइएकोले तिनै साम्प्रदायको अनुकुल कार्यन्वयन पनि हुँदैछ । यसलाई अच्चम मान्नु हुँदैन । मधेशीलाई पेलेर ल्याइएको यो संविधानको कार्यन्वयन मधेशीको पक्षमा हुन्छ भन्ने विश्वास नगरे हुन्छ ।

हालै भएका न्यायाधीश नियुक्ती सम्बन्धी सिफारिसका विषयमा मधेशीहरुले अच्चम मान्नु पर्ने अवस्था छैन । किनभने मधेशीको पक्षमा अहिले कुनै पनि काम हुन सक्ने अवस्था छैन । न्यायाधीश नियुक्ती मधेशीलाई पाखा लगाएर जाने क्रमको सुरुवात मात्रै हो । अहिले न्यायाधीशमा एकलौटी हुँदैछ, भोलि प्रहरी, निजामति कर्मचारी वा अन्य निकायमा पनि एकलौटी खस ब्राम्हणको नियन्त्रण हुनेछ । पछिल्लो स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन पनि मधेशीलाई पेलेर जाने मानसिकता र नियमको कडी हो ।

भनिन्छ, नियम कानुन ठूला बडाले आफु अनुकुल बनाउँछन् । हो, नेपालमा पनि त्यही भएको हो । यिनीहरु आफैले बनाएको संविधान आफैले मिचे पनि राम्रो तरिकाले जस्टिफाई गर्नेछन् । उनीहरुले भन्ने छन् कि ‘मधेशी जनजातिमा योग्य व्यक्ति पाइएन, अयोग्यलाई नियुक्ती गर्नु भएन ।’

कारण यो होइन, कि मधेशी योग्य छैन । कारण यो हो, कि मधेशको राजनीतिक कमजोर भएको छ । जहाँ राजनीति कमजोर  हुन्छ त्यहाँ अर्को पक्षले पेलेर जान्छ । र, अहिले मधेश राजनीति कमजोर भएकोले एक जातीय समूहले मधेशलाई पेलेर गएको छ ।

(कुराकानीमा आधारित)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.