sadbhawana
हुलाकी न्यूज, काठमाडौं २९ पुस ।
बिहीबार मध्यरातमा न्याय परिषद्द्वारा असमावेशी नियुक्तिप्रति राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले शुक्रबार प्रेस विज्ञप्ति जारी अबिलम्ब समानुपातिक समावेशी सिद्धान्तअनुसार सच्याउन माग गरेका हुन् ।

उच्च अदालतका न्यायाधीश प्रक्रियाले समानुपातिक समावेशी नियुक्ति प्रक्रियालाई आत्मसात नगरेको सद्भावनाको आरोप छ ।

नियुक्ति प्रक्रियामा सामेल रहने गरेका पदाधिकारीहरुद्वारा आआफ्ना जाति, समुदाय, आसेपासे र दलगत आधारमा मात्र प्रश्रय दिएको आरोप सदभावनाले लगाएको छ ।

यस्ता कार्य प्रणालीले वीर सपुतहरुको बलिदानी स्वरुप प्राप्त समानुपातिक समावेशी सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई नै उपहास उडाइरहेको सदभावनाको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.