tamalopa-pr
हुलाकी न्यूज, काठमाडौं २९ पुस ।
तराई–मधेश लोकतान्त्रिक पार्टीले न्याय परिषद्ले उच्च अदालतका ८० न्यायाधीश नियुक्तिको विरोध गरेको छ ।

शुक्रबार तमलोपाका प्रवक्ता विमल प्रसाद श्रीवास्तवले विज्ञप्ति जारी गरी न्याय परिषद्को निर्णयको विरोध गरेका हुन् ।

‘हिजो सम्पन्न न्याय परिषदको बैठकवाट न्यायधीशहरुको नियूक्तिमा संविधानमा समानुपातिक समावेशिताको प्रावधानको खुल्लम खुला उल्लंघनवाट राज्य मात्र होइन स्वयं न्यायपालिका समेत विभेदी मानसिकतावाट ग्रसित रहेको स्पष्ट भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

स्तब्ध गर्ने यस्तो खालको निर्णयले लोकतन्त्र तथा स्वच्छ, निष्पक्ष र समावेशी न्यायतन्त्रलाई कमजोर गर्ने तमलोपाको दावी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.