हुलाकी न्यूज, धनुषा २८ पुस । नेकपा क्रान्तिकारी माओवादीले अन्य दलसंग गठबन्धनको लागि गठन गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको धनुषामा विस्तार गरेको छ ।
नन्दकुमार झाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ । सोको जिल्ला संगठन समितिको सदस्यहरुमा विशे राय, तृपित महरा, दिपलाल मण्डल, नागेश्व्र चौधरी, दुखहरण साह, भिमकुमारी परियार, सत्रुधन यादव, जाहिदा खातुन र गोविन्द मुखिया लगायतका रहेको जानकारी देशभक्त जनगणतान्त्रिक मोर्चाका मिथिला राज्य ईन्चार्ज रोशन जनकपुरीले दिए ।
त्यस्तै यस मोर्चाको ३ महिने सदस्यता अभियान देशव्यापी रुपमा चलाउने जानकारी समेत नेता जनकपुरीले दिए ।



