Sanghiya_gathabandhan
हुलाकी न्यूज, काठमाडौं २८ पुस ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले शनिबार काठमाडौंमा बृहत्त अन्तरक्रिया गर्दैछ । संविधान संशोधनको माग गर्दै आएका मोर्चासहितको गठबन्धनले वर्तमान राजनीतिक परिस्थितिका विषयमा बृहत्त अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौंस्थित राष्ट्रिय नाच घरमा शनिबार दिउँसो १ बजे गठबन्धनले अन्तरक्रिया गर्न लागेको हो । बुधबार तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकले आन्दोलनको कार्यक्रम बमोजिम अन्तरक्रिया गर्न लागेको जनाएको छ ।

बैठकमा सहभागी तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष बृषेश चन्द्र लालले हुलाकी न्यूजसँग कुराकानी गर्दै माघ एक गते शनिबार ‘वर्तमान राजनीतिक परिस्थिति संविधान संशोधन÷परिमार्जन’ विषयक बृहत्त अन्तरक्रिया गर्न लागेको बताए ।

अन्तरक्रियामा बुद्धिजिवी तथा राजनीतिक दलका प्रतिनिधिहरु पनि सहभागी हुनेछन् । अन्तरक्रियामा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई विशेष बक्ताका रुपमा बोलाउन लागिएको छ । फोरम नेपालका संयोजक उपेन्द्र यादवको आग्रहमा बाबुरामलाई कार्यक्रममा बोलाउन लागिएको हो ।

अन्तरक्रियाको आयोजना संघीय गठबन्धनले गर्नेछ भने संयोजन नेपाः पार्टीले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.