
हुलाकी न्यूज, जनकपुरधाम २६ पुस । जनकपुरधाममा एडीबी प्रोजेक्ट अन्तरगत भैरहेको ढल तथा नाला निर्माण कार्य सम्झौता बिपरीत गुणस्तरहीन कार्य भइरहेको भन्दै युवाहरुले तालबन्दी गरेका छन् ।
गुणस्तरहीन कार्य भइरहेको भन्दै पटकपटक अबरोध गरि प्रोजेक्ट मैनेजर सरोकारबालाहरुसँग छलफल गरी लिखित सम्झौता गराइ कार्य सुचारु गराए पनि त्यसमा कुनै सुधार नभएपछि शुक्रबार युवाहरुले सामूहिक प्रेस बिज्ञप्ति जारी गरि ७२ घन्टे अल्टिमेटमसमेत दिएका थिए ।
तैपनि कार्यमा कुनै सुधार नदेखिएकोले मंगलबार एडीबी प्रोजेक्टको कार्यालयमा तालाबन्दी गरेको घनश्याम मिश्रले जानकारी दिएका छन् ।



