uml-bidai4
हुलाकी न्यूज, सुनसरी २६ पुस ।
हरिनगरामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका दुई जना नेता पक्राउ गरेको र शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै मधेशी मोर्चाले आक्रोश व्यक्त गरेको छ ।

मधेशी मोर्चा सुनसरीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी पक्राउ परेका मोर्चाका नेताद्वय इरफान अन्सारी र अशोक मेहतालाई अविलम्ब रिहा गर्न माग गरेको हो ।

आइतबार हरिनगरामा मोर्चाले ‘मधेशबाट एमालेलाई बिदाई कार्यक्रम’ गरेको थियो । त्यसको भोलीपल्ट अर्थात सोमबार नेकपा एमालेका नेता माधवकुमार नेपालले भाडामा मान्छेहरु ल्याएर आफैलाई सम्मान गरेको थियो ।

नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री नेपाल आउने भएपछि मधेशी मोर्चाका नेताहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने क्रममा प्रहरीले दमन गर्नुको साथै दुई जना नेतालाई पक्राउसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका नेताद्वयलाई अविलम्ब रिहा नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने जनाएको छ । माधव नेपालको विरोधमा स्थानीयहरुले कालो झण्डा देखाउनुका साथै दिनभर विरोध प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.