rajkaran-mahato
हुलाकी न्यूज, बर्दिबास(महोत्तरी) २६ पुस ।
महोत्तरीका युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतोले ऋण गरेर महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती बनाउन जुटेका हास्य कलाकार धुर्मुस–सुन्तली आबद्ध धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गरेका छन् ।

सोमबार बर्दिवासको एकीकृत नमुना मुसहर बस्ती निर्माण स्थलमा आयोजित शिलान्यास समारोहमा अन्नपूर्णकर्मी(महोत्तरी)का पत्रकार महतोले बस्ती निर्माणका लागि १० हजार पाँच रुपैंया नगद फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल र कोषाध्यक्ष कुञ्जना घिमिरेलाई हस्तान्तरण गरेलगत्तै नगद र निर्माण सामग्री उपलब्ध गराउनेहरुकाको ताति नै लगेको थियो ।

दैनिक संघर्ष गरेर कलम चलाउने पत्रकारले ऋण गरेर विकास निर्माणको कामा सहयोग गरेको भन्दै स्थानीयले शिल्यान्यास समारोहमै ३५ लाखभन्दा बढीको आर्थिक तथा जिन्सी निर्माण समाग्री प्रदान गरेका थिए ।

समारोहमा बर्दिवासका उत्साही युवाहरुले सङ्कलन गरेका ५० हजार नगद कोषाध्यक्ष कुञ्जना घिमिरेलाई प्रदान गरिएको थियो । त्यसैगरि महोत्तरी क्रसर उद्योग ब्यवसायी सङ्घले बस्तीमा निर्माण हुने ५० घरका लागि आवश्यक पर्ने बालु, गिट्टी र ढुङ्गा निशुल्क उपलब्ध गराउने ब्यवसायीहरुले घोषणा गरेका छन् ।

कार्यक्रममा महोत्तरी–१ का सांसद गिरिराजमणि पोखरेलले साँसद बिकास कोषबाट १० लाख दिने घोषणाको पत्र पठाउनु भएको थियो । त्यसैगरि बर्दिवासका होटल ब्यवसायी हिरा गौतमले एकलाख नगद, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले बस्तीमा खानेपानी धारा जडानमा लाग्ने ३ लाख बराबरको सामग्री गरेका थिए ।

समारोहमा हास्यकलाकार मह जोडिले एकलाख, हास्यकलाकार किरण केसीले १० हजार र धनुषाका पत्रकार शैलेन्द्र क्रान्तिले २० हजार नगद सहयोग गरे । यसअघि जिल्लाकै पशुपतिनगर गाबिसका तरकारी किसानले फाउण्डेशनलाई ५० हजार नगद प्रदान गरेका थिए ।

बर्दिबास साना सहरी खानेपानी उपभोक्ता संस्था बर्दिबासका निर्वत्तमान अध्यक्ष चुडामणी पोखरेलले ३० हजार, बर्दिबासका स्थानीय गौविन्द पौड्लले २५ हजार नगद हस्तान्तरण गरेका थिए । अवसरबाट पछि पर्दै र पारिदै आएका मुसहर समुदायका लागि काम गर्न थालेसँगै मनकारी र सहयोगी हात बढ्दै गएकाले आपूmहरु निकै उत्साहित भएका धुर्मुस–सुन्तलीले एकसाथ बताए ।

सोमबार शिलान्यास भएको नमुना बस्ती निर्माण कार्य चैत मसान्तभित्रै सम्पन्न गरिने फाउण्डेशनले जनाएको छ । यस कार्यमा मन, वचन र कर्मले सहयोग गर्न फाउण्डेशनका अध्यक्ष कट्टेलले सबैसँग आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.