odf
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २६ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १० लाई खुला दिशा मुक्त वडा घोषणा गरिएको छ । वडामा रहेको सम्पूर्ण घरहरुमा शौचालय निमार्ण कार्य सम्पन्न भए पश्चात मंगलबार एक समारोहका बीच उक्त वडालाई खुला दिशा मुक्त घोषणा गरिएको हो ।

वडा नं. १० नगरपालिकाको सातौं खुला दिशामुक्त वडा भएको सिद्धार्थनगर नगरपालिका कार्यालयका सामाजिक विकास शाखा अधिकृत शेखर नाथ पन्थीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा वडा सचिव भोला प्रसाद बरई, सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख एवं कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मी, वडा नागरिक मञ्चका संयोजक मुस्ताक अहमद, पूर्व वडा अध्यक्ष चन्द्र शेखर पाण्डे, बुद्ध सामुदायिक प्रहरी सेवा समाज केन्द्रका अध्यक्ष विरेन्द्र नाथ श्रीवास्तव, नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडयाल, सिद्धार्थनगर नगरपालिका कार्यालयका सामाजिक विकास शाखा अधिकृत शेखरनाथ पन्थी लगायतले बोल्दै रुपन्देहीलाई खुला दिशा मुक्त जिल्ला घोषणा गर्ने अभियानलाई सफल पार्न सिद्धार्थनगर नगरपालिकामा बाँकी रहेका घरहरुमा शौचालय निमार्ण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले खुला शौच गर्दा विभिन्न किसिमका स्वास्थ्यसंग सम्बन्धित समस्याहरु आउने भएकोले त्यसलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

वडा सचिव भोला प्रसाद बरईको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका कार्यालयका प्रमुख एवं कार्यकारी अधिकृत गोपाल प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सञ्चालन सामाजिक परिचालक लक्ष्मी पौडेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.