
जीतेन्द्र कुमार राम, धनुषा २६ पुस । नेकपा (माओवादी केन्द्र)का मातृका यादवले सहिद क.राम उदगार कापरको सालिक शिलान्यास गरेका छन् ।
माओवादी जनयुद्ध कालमा सिआइडीको सहयोगमा समातिएका रघुनाथपुर गाविसअन्तर्गत किरतपुर घर भएका प्रहरीको गोलीको सिकार भइ शहादत प्राप्त गरेका कापरको स्मृतिमा उनकै जन्मथलोमा शिलान्यास कार्य सम्पन्न गरिएको छ ।
यादवले एक प्रसंगमा एमाले कार्यकर्ता आफैमा भ्रष्ट रहेको तथा आफ्नै कार्यकर्ता रुपन्देही, नेपालगन्ज र धनुषामा समेत मारेको कारण मधेशी जनताको हक बिपरित रहेको बताए ।
‘एमाले अध्यक्ष केपी ओली आफूलाई राष्ट्रवादी भनाउन चाहेको मात्र हो, आन्तरिक रूपमा उसको सोच मधेश र मधेशी विरोधी रहेको छ,’ यादवले भने ।
शिलान्यास कार्यक्रममा नेताहरू श्रवण यादव, भरत साह, असर्फी यादव, झल्कु यादव, तेजु यादव, रोशन यादव र कारी यादव लगायतको उपस्तिथि रहेको थियो ।



