hridayesh-tripathi
कपिलवस्तु सम्बादाता, कपिलवस्तु २४ पुस । मधेशको समस्या समाधान नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन हुन नसक्ने दाबी तमलोपाका वरिष्ठ उपाध्यक्ष हृददेश त्रिपाठीले गरेका छन् ।

मधेशको माग पुरा नभएसम्म आफुहरुले कुनै पनि हातलमा स्थानीयदेखि अन्य कुनै पनि निर्वाचन हुन नदिने उनले बताए । तमलोपाले मानपुर गाबिसको सेखुवनिया तालमा गरेको बृहद जन जागरण अभियानलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

‘जबसम्म लडाई जित्दैनौं तबसम्म कुनै चुनाव हुन दिँदैनौं’ उनले भने । जनताको सहभागीता बिना कुनै हालतमा निर्वाचन हुन नसक्ने उनले ठाकुवा समेत गरे ।

आफुहरुको शान्तिपुर्ण आन्दोलनलाई सत्तापक्ष र प्रमुख बिपक्ष दुबैले बेवास्ता गरेको र उल्टै मधेशीहरुलाई देशभक्तिसंग जोडेर खिल्लडी उठाएको उनले बताए ।

पुस्तौ देखि मधेशीहरुले सीमाको रक्षा गर्दै आएकाले मधेशीहरु नै सच्चा देशभक्त भएकाले मधेशीहरुलाई देशभक्तिको कसैबाट प्रमाण पत्र नचाहिने जिकिर गरे ।

अहिले देश गंभीर मोडमा रहेको र त्यस्तोमा सबै मिलेर जाने बेलामा मधेशीहरुलाई देश टुक्राउने खेलमा लागेको भन्दै आफुहरुको भावनासंग खेलिएको उनले गुनासो गरे ।
आफुहरुलाई प्रदेशमा शासन र केन्द्रय सरकारमा साझेदारी चाहिएको उनले बताए । प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशहरुको बाडफाड हचुवाको भरमा भएको भन्दै आफुहरुलाई सो मान्य नहुने बताए ।

मधेशी र थारुहरुलाई लादनकालागि कुन मापदण्ड बिना प्रदेशको बाडफाड गरिएको उनले आरोप लगाए । उनले आफनो अधिकार स्थापनाका लागि मधेशीहरु लडाई लडन तयार हुनु पर्नेेमा जोड दिएमा छन ।

जगदीश तिवारीको अध्यक्षता र गंगेशनाथ तिवारीको स्वागत मन्तब्यमा भएको कार्यक्रममा सांसद मिना थारु, जितेन्द्र शाह, ईकवाल अहमद शाह, पुर्व मन्त्री ईवर दयाल मिश्रा, मंगल प्रसाद गुप्ता लगायतले मन्तब्य दिएका थिए ।

hridayesh-tripathi1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.