sabaila-dhanusha
जीतेन्द्र कुमार राम, धनुषा २४ पुस ।
स्थानीय तह पुनर्संरचना आयोगले पारित गरेको नयाँ नगरपालिका संरचनाअन्तर्गत सबैला नगरपालिकाको नाम हेरफेर गरेको भन्दै स्थानीय सवैलाबासी आन्दोलित भएका छन् ।

सवैला नगरका सम्पुर्ण राजनीतिकर्मी र ब्यबसायीहरु दैनिक कामकाज बन्द गरि नगरपालिका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरी एकदिने नगर बन्दको घोषणा गरेका छन् ।

पूर्वघोषित धनुषाका नगरपालिकाहरु गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका यथावत रहेको तथा सवैलाको सीमांकन हेरफेर गरि सप्तऋषि नगरपालिकामा परिवर्तन गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत आइतबार डेलिगेशन बुझाउने माओवादी नेता रोशन यादवले बताए ।

सवैला नगरपालिकामा भएको विभेदकारी निर्णय प्रति असमर्थता जनाउदै बिभेदकारी निर्णय अन्त्यको माग गर्दै उनीहरु नगर विरोधी मुर्दाबादको नारासहित नाराबाजी पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.