अमरेन्द्र कुमार यादव, महेन्द्रनगर ४ असोज । जारी मधेश आन्दोलनको क्रममा भदौ २५ गते प्रहरीको गोली लागेर जनकपुरमा मृत्यु भएका संजय चौधरीप्रति सामूहिक मुण्डन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सदभावना पार्टीका धनुषा जिल्ला सचिव चौधरीको जन्मस्थल क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ मा सामूहिक मुण्डन गरिएको हो ।

महेन्द्रनगरको हनुमानचौकमा गरिएको सामूहिक मुण्डन कार्यक्रममा सर्वसाधारण, बिद्यार्थी, व्यापारी, बुद्धिजिवी, नागरिक सामाज तथा मोर्चाका कार्यकर्तासहित सयौंले सहभागिता जनाएका थिए ।

गत शुक्रबार प्रहरीको गोली लागि बालक नीकु यादव, संजय चौधरी र दिलीप यादवको मृत्यु भएको थियो । उनीहरुको मंगलबार सामुहिक अन्त्येष्टि गरिएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.