
हुलाकी न्यूज, काठमाडौं २३ पुस । सहरी विकासमन्त्री अजुर्ननरसिंह केसीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई संविधान संशोधन विधेयक फेल गर्न चुनौती दिएका छन् ।
शनिबार राजधानीमा फोकस नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधान संशोधन जनताको चाहना र आजको आवश्यकता भएको बताएका छन् ।
उनले संविधान कार्यान्वयनको लागि पनि संशोधन अनिवार्य आवश्यकत्ता रहेको बताए । उनले सरकारले अहिले संसदमा दर्ता गराएको संविधान संशोधन विद्येयक जनताको चाहना र आजको आवश्यकता भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदमा दुई तिहाई पुर्याएर संशोधन प्रस्ताव फेल गर्न चुनौति दिए ।
मन्त्री केसीले भने, ‘एमालेजस्तो पार्टीले विधि र बिधानलाई नमान्ने हुँदैन, लोकतन्त्रमा विधि र बिधानको मूल्य हुन्छ, त्यसलाई पालना गर्नुपर्छ, त्यसैले पनि आन्दोलन गर्न संसद अवरोध गर्नु सुहाउँदैन ।’



