सरु शर्मा, परासी २३ पुस । राजनीतिमा नयाँ प्रकाश छर्नका निम्ति जनतामाझ देखापरेको बिबेकशिल नेपाली दलले समाज सेवालाई तिब्र रुपमा अगाडी बढाउदै छ । आन्दोलन , हड्ताल, चक्काजाम जस्ता कार्यलाई टाढा राख्दै नँया ढङगबाट समाजमा आफनो अस्तित्व कायम गर्न लागि रहेको बिबेकशिल नेपाली दलले सामाजमा उदाहरणीय कार्यगर्दै सबैको मन जित्न सफल भएको छ ।
नवलपरासीको गुठी प्रसौनी गाविसमा रहेको कवि ४५ घरधुरीमा रहेका दुखि गरीवहरुलाई न्यानो माया बितरण अभियान चलाएर बिबेकशिल नेपालीमा आवद्ध युवाहरुले आफ्नो परीचय राम्रो कार्य गर्दै दिएका हुन् । भनिन्छ नि राम्रो कार्यको प्रचार प्रसार बयान गरेर गर्नु पदैन भनेर ।
त्यस्तै समाजमा नँया दलको रुपमा स्थापित हुने तयारीमा रहेको बिबेकशिल नेपाली दलले केन्द्रबाट पार्टिका लागि पार्टि चिन्ह लिन बाकि नै रहे पनि समाजमा भने बिबेकशिल नेपाली दल भनेर चिनिन सफल भैसकेकोछ ।
मान्छेको हसिलोमहार लाई दलको चिन्हको रुपमा प्रयोग गर्ने सोचका साथ प्रयोग गर्दै आएको उक्त दलले ति गरीव , जाडो बाट कठ्याङ्ग्रिएका बालबालिका बृद्ध बृदालाई करिव ५०० थान न्यानो कपडा बितरण गरेर पुण्य कमाएको छ भने उनिहरुको आर्शिबाद पनि पाएको छ ।
नवलपरासी ,रुपन्देहीमा रहेका बिबेकशिल नेपाली दलमा आवद्ध रहेका वा दलको कार्यलाई यस अभियानलाई मन पराएका युवाहरुले सँकलन गरेका केही नँया केही पुराना न्यानो कपडा दलले शुक्रबार गुठी प्रसौनीमा नै पुगेर वितरण गरेको हो ।
केही अभियान्ताहरु कामका शिलशिलामा भारतमा रहेकाले भारतबाट पनि कपडाहरुसहयोग स्वरुप ल्याएको र बितरण गरेको अभियान्ता राज क्षेत्रीले जानकारी दिनुभयो ।
बिबेकशिल नेपाली दलको यो अभियान पछि अहिलेगुठी प्रसौनीमा रहेका मुसहर बस्तिमा सहयोग गर्नेको हात बढ्दै गएको छ । यस्तै कार्य गर्दै अगाडी बढिरहेको बिबेकशिल नेपाली दल प्रति युवाहरुको आकर्षण पनि बढीरहेको छ ।



