
हुलाकी न्यूज, काठमाडौं २२ पुस । स्थानीय तह पुनर्संरचना आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको छ ।
शुक्रबार आयोगका सदस्यहरुले प्रधानमन्त्री प्रचण्डलाई सो प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण दस्तावेज भएको बताएका छन् ।
शुक्रबार स्थानीय तह पूनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई प्रतिवेदन बुझाएपछि आयोगलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले आयोगको प्रतिवेदन संविधान कार्यान्वयनका लागि महत्वपूर्ण दस्तावेज हुने बताएका हुन् ।



