
हुलाकी न्यूज, सप्तरी २२ पुस । सप्तरीका एक आगलागी पीडितलाई सद्भावना पार्टीका क्षेत्रीय सभापतिले सहयोग प्रदान गरेका छन् ।
सप्तरी तिलाठी गाविस बेलही वार्ड नम्बर–९ स्थित मो. अबदुल मियाको ३ वटा घर जलेर नष्ट भएको थियो । सो आगलागीबाट रु. एक लाख ६५ हजार बराबरको क्षति भएको थियो ।
शुक्रबार एक कार्यक्रमबिच सद्भावना पार्टी क्षेत्रीय सभापति लक्ष्मण यादवले पीडित परिवारलाई २ थान कम्बल, २ थान त्रिपाल र एक बोरा मुरही सहयोग गरेका छन् ।



