
हुलाकी न्यूज, कपिलवस्तु २२ पुुस । तराई–मधेश लोकतन्त्रिक पार्टीले यही पुस २४ गते सोमबार कपिलवस्तुमा बृहत् जनजागरण अभियान सभाको आयोजना गर्न लागेको छ ।
सो बृहत् जनजागरण अभियानलाई सम्बोधन गर्न तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी कपिलवस्तु आउने बताइएको छ ।
कपिलवस्तुको मानपुर गाविसको सेखवनीया तालमा बृहत् जनजागरण अभियानको आयोजना हुन लागेको छ । तमलोपाका केन्द्रीय स्तरका नेता कपिलवस्तुमा आउने खबरले तमलोपाका नेता तथा कार्यकर्ता खुसी भएका छन् ।
त्रिपााठी आउने कार्यक्रमको विभिन्न तयारी समित गठन गरी परिचालन गरिसकेको पूर्वमन्त्री तथा तमलोपका केन्द्रीय सदस्य इश्वर दयाल मिश्राले जानकारी गराएका छन् ।



