thakur
हुलाकी न्यूज, काठमाडौं २० पुस । आगामी आन्दोलनको खाका बनाउन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सचिवालयलाई निर्देशन दिएको छ । बुधबार बसेको मोर्चाको बैठकले निकट भविष्यमा मोर्चाले गर्न लागेको आन्दोलन बारे खाका बनाउन मोर्चाको सचिवालयलाई जिम्मेबारी दिएको हो ।

तराई मधेश लोकतान्त्रिक पार्टी कार्यालयमा भएको मोर्चाको बैठकले पुस १८ गतेको खबरदारी विरोध प्रदर्शनमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै आगामी आन्दोलनको तयारी गर्न लागेको हो ।

मोर्चाको बैठकले एमालेलाई सहमतिमा आएर संविधान संशोधनमा सहयोग गर्न आग्रह गरेको छ । त्यस्तै, नेपाल प्रेस काउन्सिलले मधेशको पत्रपत्रिकाको वर्गीकरणमा विभेद गरेको भन्दै उचित न्याय गर्न माग गरेको छ । त्यस्तै, मोर्चाले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्न माग गरेको छ ।
press-release-morcha-20

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.