md-istiyak-raeen
हुलाकी न्यूज, नेपालगन्ज २० पुस ।
बाँकेको मटेहिया गाविसमा मंसिर २७ गते भएको हिंसक झडपमा परि उपचारका क्रममा निधन भएका दुई जनाको परिवारलाई पूर्वमन्त्री मो. इस्तियाक राइनले डेढ लाख सहयोग गरेका छन् ।

मृतकहरु मौलाना वजहुल कमर खाँन र मुनिजर खाँनका छोराछोरीहरूलाई शिक्षाका लागि पूर्वमन्त्री मोहम्मद इस्तियाकÞ राइनले आर्थिक सहयोग गरेका छन् ।

पूर्वमन्त्री इस्तियाकले मंगलबार एक कार्यक्रमका बिच लक्ष्मणपुर निवासी ४५ वर्षीय मृतक मौलाना वजहुल कमर खाँनकी पत्नी निजामुल निशालाई बच्चाहरुको अध्ययनका लागि १ लाख रुपैयाँ र नरैनापुर निवासी मृतक मुनिजर खाँनकी पत्नी हमसिरा खाँनलाई रुपैयाँ ५० हजार हस्तान्तरण गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.