sherbahadur
हुलाकी न्यूज, काठमाडौं २० पुस ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन विधेयकमा कुनै परिमार्जन नहुने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै सभापति देउवाले अहिले संसदमा पेश गरेकै विधेयक पारित हने बताए । उनले जोड दिएर भने, ‘अब परिमार्जन हुँदैन, संसदमा पेश भएको विधेयक नै जस्ताको त्यस्तै पारित हुन्छ, तलमाथि हुँदैन ।’

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान संशोधन विधेयक परिमार्जनसहित पास हुनुपर्ने अडान लिएकै बेला कांग्रेस सभापति देउवाले यस्ता अभिव्यक्ति दिएका हुन् ।

उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको समर्थनका लागि संशोधन विधेयकमा कुनै परिमार्जन नगर्ने संकेत देखाइसकेका छन् ।

यता, मधेशी मोर्चाका नेताहरुसँग भेटघाट अथवा छलफल हुँदा संशोधन विधेयकमा परिमार्जन गरी पास गराउन आश्वासन दिँदै आएको छ ।

यसरी हेर्दा नेपाली कांग्रेसको दोहोरो चरित्र प्रष्टिएको मोर्चा नेताहरुले आरोप लगाउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.