nsp-flag
हुलाकी न्यूज, काठमाडौं १९ पुस ।
अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले मधेशका पत्रपत्रिकासँग प्रेस काउन्सिल नेपालले विभेद गरेको आरोप लगाएका छन् ।

प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणको नजिताप्रति नेसपाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मधेशीले नेतृत्व गरेका वा मधेशका अधिकांश पत्रपत्रिकाहरुको वर्ग घटाइएको जनाएको छ ।

नेसपाका महासचिव कौश्लेन्द्र मिश्रले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै ‘सुनिन्छ, मधेश आन्दोलन चलिरहँदा प्रेस काउन्सिलले मधेशी विरोधी र शासकवर्गको पक्षमा एउटा सर्कुलर जारी गरेको थियो । सो सर्कुलर अनुकूल न्यूज र न्यूज पस्केकालाई प्रोत्साहित र सत्यतथ्य पस्केकालाई निरुत्साहित गर्ने काम यस पटकको वर्गीकरणमा गरिएको छ ।’ आरोप लगाएका छन् ।

पूर्वाग्रही भावनाले प्रेरित भई काउन्सिलबाट कुनै पनि काम कारबाही नगरी प्रेस काउन्सिलको भूमिकालाई विवादित हुन नदिन नेसपाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.