
हुलाकी न्यूज, सप्तरी १९ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेकपा एमालेलाई मधेशबाट बिदाई गर्ने बेला आइसकेको बताएका छन् ।
प्रेस मञ्च सप्तरीले राजविराजमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महतोले एमालेलाई तराई÷मधेशमुक्त बनाउन गाउँ–गाउँमा विदाई कार्यक्रम गर्न जनताहरुसँग जुटिसकेको दाबी गरेका छन् ।
उनले एमालेलाई मधेश चाहिएको छैन भने मधेशलाई पनि एमाले नचाहिएको दाबी गरेका छन् ।
उनले एमालेलाई अब बैण्डबाजा बजाएर मधेशबाट बिदाई गर्ने बेला आइसकेको बताए । उनले संविधान संशोधनलाई विरोध गरेर एमालेले गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएका छन् ।



