Minister for Urban Development Arjun Narsingha KC speaks with journalists in Kathmandu, on Sunday, August 28, 2016. Photo: Reporters' Club Nepal

हुलाकी न्यूज, काठमाडौं १९ पुस । सहरी विकास मन्त्री अर्जुननरसिँह केसीले मुलुकलाई असहज स्थितिमा लैजाने काम नेकपा एमालेले गरिरहेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा जयराम दवाडीद्वारा लिखित ‘मेरो जीवनयात्रा’ नामक पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधान संशोधन प्रस्तावको विषयलाई लिएर निरन्तर संसद अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक पद्धति अंगालेको आरोप लगाए ।

संविधान सभाबाट संविधान जारी गर्ने २००७ साल देखिको सपना ६५ बर्ष पछि पुरा भएको र यहि उपलब्धिलाई मध्येजनर गरेर अघि बढ्नुको साटो संसद बन्द गरेर मुलुकलाई असहज स्थितिमा लैजाने काम एमालेले गरिरहेको आरोप लगाएका हुन् ।

मन्त्री केसीले संविधान कार्यन्वयनको विकल्प नभएको भन्दै अहिले उठेका असन्तुष्टीका आवाजलाई सम्बोधन गर्नको लागि पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले जुन प्रस्तावको बिषयमा छलफल भईरहेको छ, यो बिषयलाई फेरी पनि कुनै दिन संशोधन गर्नुपर्ने हुनसक्छ, त्यतिबेला फेरी संशोधन हुन्छ, त्यसैले यसको बिरोध भन्दा पनि संसदको नियम र हिजो मात्रै संशोधनको बिषयमा सर्वोच्च अदालतले दिएको आदेशलाई ग्रहण गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.