अजित कर्ण, रौतहट, ४ असोज । संविधान जारी भएको भोलिपल्ट सोमबार बिहानैदेखि रौतहटको विभिन्न भागमा प्रर्दशन सुरु भएका छन् ।

सदरमुकाम गौर लगायत झुनखुनवा, सुकदेव चौक, जयनगर, शिवनगर, गरुढा, कटहरिया, बंकुल, गंगापिपरा समेतका ठाँउमा बिहानैदेखि चौकचौकमा टायर बाली प्रर्दशन सुरु गरेका छन् ।

प्रर्दशनका क्रममा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री बामदेव गौतम र एमाओबादी अध्यक्ष प्रचण्डलगायतकाको पुतला दहन गरिएको छ ।

देशको आधा जनसंख्या रहेको मधेशलाई अलग बनाई संविधान जारी गरेको भन्दै प्रर्दशनमा आएका हजारौं जनताले मधेश अब नेपाल भित्र नरहने र आफूहरु छुट्टै देशको नागरिक भएको प्रतिक्रिया दिएका छन् । आन्दोलनमा सहभागी युवाहरुले स्वतन्त्र देशका लागि हथियार उठाउने चेतावनी समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.