
हुलाकी न्यूज, काठमाडौ १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले हतारमा संविधान घोषणा हुँदा त्यसको परिणामस्वरुप मुलुकमा समस्या उत्पन्न भएको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार आयोजना गरेको ‘संविधान कार्यान्वयन र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तक्र्रियामा उनले सो कुरा बताएका हुन् ।
उनले संविधान जारी गर्ने बेलामा नै सबैको सहमतिमा संविधान जारी गरेको भए अहिले मुलुकमा यस्तो अवस्था सिर्जना नहुने उनको दाबी गरेका छन् ।
उनले संविधान संशोधन गरेर अगाडि बढ्नु नै देश र जनताप्रति उत्तम विकल्प भएको बताएका छन् । सबै दलको सहमतिमा संविधान संशोधन गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताए ।



