
हुलाकी न्यूज, सिरहा १७ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नगरी निर्वाचन घोषणाको कुनै औचित्य नरहेको बताएका छन् ।
प्रेस मञ्च सिरहाले आइतबार लहानमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रस्ताव परिमार्जनसहित पारित नभएसम्म निर्वाचन घोषणाको औचित्य नरहेको प्रष्ट्याएका छन् ।
चुनावी माहोलका लागि संविधानमा परिमार्जन सहितको संशोधन मोर्चाको बटमलाइन रहेको जिकिर गरेका छन् ।
उनले देशको मूल मुद्दा संविधानको कार्यान्वयन रहेको भन्दै संविधान कार्यानवयनको प्रमुख बाधक नेकपा एमाले बनेको आरोपसमेत लगाए ।



