ram-chandra-poudel
हुलाकी न्यूज, दमौली १७ पुस ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशी जनताको माग सम्बोधन गर्दैमा राष्ट्रघात कसरी हुने प्रश्न नेकपा एमालेका नेताहरुलाई गरेका छन् ।

४१ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस व्यास नगरले दमौलीमा आयोजना गरेको एक कार्यक्रममा पौडेलले मधेशी जनताको मागलाई सम्बोधन हुने गरी संविधान संशोधन विधेयक ल्याउँदैमा त्यो राष्ट्रघात नहुने स्पष्ट पारे ।

उनले मुलुक सङ््कटमा परेका बेला विपीको मेलमिलापको नीति निकै आवश्यक रहेको बताए । मधेशी मोर्चाको हितमा हुने गरी ल्याइएको संविधान संशोधन विधेयकलाई पास गर्न आवश्यक रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.