ramrijhan-yadav
सन्तोष यादव, सिरहा, १७ पुस ।
नयाँ शक्ति पार्टी नेपालका सचिवालय सदस्य रामरिझन यादवले अब मधेशीलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता जनाउन संयोजक डा. बाबुराम भट्टराईसँग आग्रह गरेका छन् ।

सिरहाको चोहर्वामा नयाँ शक्तिद्धारा आयोजित जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादबले संयोजक भट्टराईसंग यस्तो आग्रह गरे । उनले भने, ‘देशका हरेक उत्पीडित समुदायको अधिकारका लागि लड्ने प्रतिवद्धता त जनाइसक्नुभएको छ । अब मधेशीलाई प्रधानमन्त्री बनाउने प्रतिवद्धता जनाउनुपर्छ ।’

नेता यादबले संयोजक डा. भट्टराईले देशका अढाई करोड जनताको घर नबनाएसम्म आफ्नो घर नबनाउने उद्घोष गरिसकेको बताउँदै उनले भने, ‘डा. भट्टराईबाट मात्र देशको विकास हुनसक्छ ।’ विकासमा देश पछाडी परेको भन्दै भट्राई दिनरात चिन्ता व्यक्त गरिरहेको पनि उनले भने ।

पुराना नेताबाट देशको विकास हुन नसक्ने नेता यादबले बताए । उनले भने, ‘प्रचण्ड होस् वा देउवा, झलनाथ होस् वा माधव नेपाल कसैबाट पनि देशको विकास सम्भव छैन् । त्यसैले एउटा बैकल्पिक पार्टीको रुपमा नयाँ शक्ति अगाडी आएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.