
संजय तिवारी, कलैया १७ पुस । विश्व संस्कृति दिवस तथा धोती दिवसको अवसरमा आइतबार बाराको कलैयामा धोती र्याली निकालिएको छ ।
‘धोति हमारी शान है, मधेशियो कि पहचान है’ नाराका साथ कलैयाको माईब्रह्म स्थानबाट निस्केको र्यालि कलैया नगर परिक्रमा गर्दै शहिद चौकमा आएर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा मन्तव्य राख्दै पूर्वसभासद तथा आयोजक प्रमोद प्रसाद गुप्ताले धोती मधेशको पहिचान भएको र त्यसलाई संरक्षण गर्नुपर्ने बताए ।
संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका गुप्ताले मधेशको पहिचान धोतीलाई नेपालका केही समुदायले अपमान गरेको भन्दै सबै मधेशी समुदायले धोती पहिरनको रुपमा प्रयोग गरी ती तत्वहरुलाई जबाब दिनुपर्ने बताए ।
नेपालका केही भागमा टोपी दिवस मानाइरहँदा गत वर्षदेखि धोती दिवस मनाईदै आएको हो ।
र्यालीमा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव, जिल्ला अध्यक्ष रामबाबु कुमार यादव, दिपेश कर्ण, सचितानन्द यादव, बिजय मेहता तमलोपाका केन्द्रीय सदस्य श्याम गुप्ता, अरुया शिंह, रामबाबु साह रामधन्द्र चौधरी लगायत सहभागी थिए ।



