हुलाकी न्यूज, काठमाडौं, ४ असोज । तराई मधेश लोकतान्त्रिक पार्टीका युवा नेता तथा कार्यकर्ताले सामूहिक मुण्डन गराएर नयाँ संविधानको विरोध जनाएका छन् । तमलोपाको विद्यार्थी संगठन तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष सुरेश मण्डलले मधेशविरोधी संविधानको विरुद्धमा तथा ४५ जना मधेशी सहिदलाई श्रद्धाञ्जली दिन सामूहिक मुण्डन गरिएको बताए ।
काठमाडौंस्थित तमलोपा पार्टी कार्यालयमा सामूहिक मुण्डन गरिएको हो ।
तमवि फ्रन्टका सुरेश मण्डल, केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, सांस्कृतिक विभागका अध्यक्ष प्रमोद झा, युथ फ्रन्टका नेता गौरव वर्मा, प्रदिप पाठक, सुरेन्द्र मण्डल, जितेन्द्र मिश्रा, महेन्द्र यादवलगायत ५१ जनाले सामूहिक मुण्डन गराएका हुन् ।



