अर्कना खातुन, काठमाण्डौ, १४ पुस ।  दिगो बिकास (Sustainable Development Goals, SDGs) पुन ईतिहासका पाना पल्टाएर नयाँ तरिकाले फर्किने क्रममा छ । पञ्चायतकाल देखि आजका नयाँ युवा तथा बुद्धिजिविहरुको सोच समेटि यूएनएफपिएले यो अभियानको सुरुवात गरेको छ । ईतिहास पल्टाउँदा सन् २०००–२०१५ सम्म सहस्राब्दी विकास लक्ष्य (Millennium Development Goals, MDGs) भनि आठ लक्ष्यहरुको प्रवेश गरेको थियो । जसको मुख्यत उदेश्य नै विश्वव्यापी गरिबी निवारण थियो । तर सन् २०१५ सम्ममा पूर्ण रुपले सफल नभएता पनि असफल पनि भएन । जसको परिणाम आजका युवा छन् । तर आज पनि केहि कमि कमजोरीहरुका कारण गाउँ देखि सहरसम्म पूर्णता लिन बाँकी रहेकोले सहस्राब्दी बिकासलाई परिमार्जन गरि दिगो बिकास ल्याइँदै छ ।

यूएनएफपिए तथा रेस्टलेस डेभलपमेन्टको सहकार्यबाट युथ इनिसिएटिभका अध्यक्ष अब्दुस मियाको आयोजनामा दिगो बिकास (Sustainable Development Goals) का सत्र लक्ष्यहरु विश्वव्यापी कार्य योजनाको प्रथम चरन सन् २०१६ नोवेम्भर ११, १२ मा बिभिन्न संघ संस्थाका युवा तथा बुद्धिजिविहरुका छलफलबाट लिखित रुपमा अगाडि बढेको थियो । नोवेम्बरमा भएको सत्र लक्ष्यहरुको छलफलबाट केहि परिमार्जन गरि धुलिखेलमा डिसेम्बर २७ र २८ मा पुण विभिन्न क्षेत्रका बुद्धिजिविहरुको सहभागीता रहयो । सत्र लक्ष्य योजनालाई कार्यनवयनमा कसरी ल्याउने बारे जानकारी दिपेस घिमिरेले सहभागीतालाई छर्लङ पार्नु भयो ।

‘छलफलमा सत्र लक्ष्यहरु एकै पल्ट सँगसगै लैजान अलि गाह्रो होला भनि सबैको आधारमा सत्र लक्ष्य मध्य मुख्यत ५ लक्ष्यहरुलाई प्राथमिक्ता दिने योजाना बनाइयो । हुन त सबै लक्ष्यहरु एक आपसमा जरुरी र उतिकै महत्व छन् । तर प्राथमिक्ता दिइएको ५ लक्ष्यसँगै जुडेर बिस्तारै अघि बढ्ने छौ, घिमिरेले प्रस्ट पारे ।’

यी ५ लक्ष्यलाई के र कसरी अगाडि लैजाने, यसमा के–के समावेश गर्ने, कहाँ, कसरी, कसलाई तालिम दिने, कसको भुमिका के कति रहनेछ, लक्ष्यहरुलाई कसरी स्थानिय तह देखि विश्वव्यापी सहज तरीकाले फैल्याउँने र लैजाने तथा बिकास गर्न चाहिने सबै तथ्य र प्रक्रियाहरु  बारे दुई दिने छलफल भयो । यो तालिम सहज र सरल तरिकाले सबैले बुझ्ने हुनेछन् । ती ५ लक्ष्यहरु स्वास्थ्य-३, गुणस्तरीय शिक्षा-४, लैगिंक समानता-५, उचित काम तथा आर्थिक वृद्धि-८ र शान्ति न्याय तथा सवल संस्था-१६ हुन् ।

यो लक्ष्यको मुल उद्देश्य नै गरिबी हटाउने तथा सबै वर्गलाई शिक्षित र आत्मनिर्भर बनाउने हो । यस लक्ष्यको अवधि सन् २०१६ देखि सन् २०३० सम्म हुने र ७५ जिल्लामा पुर्याउने योजनालाई ढाँचामा तयार पारिएको छ ।

सो कार्यक्रममा यूएनएफपिए, रेस्टलेस डेभलपमेन्ट, सरकारी तहबाट राष्ट्र युवा परिषद, युवा अभियान, वाइ–पिर, लिडरसिप कर्नर लगायत ओपन स्पेस नेपाल संघ संस्थाका व्यक्तित्वहरु थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.