madheshi morcha
हुलाकी न्यूज, काठमाडौं १४ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारद्वारा दर्ता गराइएको संविधान संशोधन विधेयकलाई न त विरोध गर्न सकेको छ न त समर्थन गर्न सकेको छ । मोर्चाका केही घटक संशोधनलाई अमान्य भन्दै दश प्रदेशको खाकामा जानु पर्ने अडान लिएको छ भने केहीले संशोधनलाई स्वीकार गर्दै पारित भएको भोलि पल्टैबाट आन्दोलनमा जानु पर्ने धारणा राखेको छ ।

तर मधेशी मोर्चाले भने आधिकारिक रुपमा मध्यमार्गी धार अपनाएर जाने निष्कर्ष निकालेको छ । अहिलेको संशोधनप प्रस्तावबाट हुने उपलब्धीलाई रक्षा गर्दै थप मागहरुका लागि आन्दोलन गर्ने निष्कर्ष मोर्चाको रहेको छ ।

विहीबार बसेको मोर्चाको बैठकमा पार्टीका अध्यक्षहरुले धारणा राखेका छन् । कतिपयले संशोधनलाई परिमार्जन गरिए मात्र स्वीकार गरिने बताएका छन् भने कतिपयले अहिलेको संशोधन पास भए थप आन्दोलनका लागि तयार हुनु पर्ने बताएका छन् ।

तर विहीबारको बैठकबाट मोर्चाले कुनै पनि विषयमा निर्णय गर्न सकेको छैन । मोर्चाको आधिकारिक निर्णय शुक्रबार दिउँसो एक बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.