
हुलाकी न्यूज, कपिलबस्तु १३ पुस । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखालाई एकलौटी निर्णय सच्याउन माग गर्दै तालाबन्दी गरेका पत्रकारहरुले जिल्ला प्रसासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र दिएका छन् ।
कपिलबस्तुका क्रियाशील एवम् श्रमजीबी पत्रकारहरुको सदस्यता सम्बंधी समस्या समाधान हुनेगरि नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखासंग एक्लौटी निर्णय सच्याउन माग गर्दै आन्दोलन घोषणा गरेका थिए ।
नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले सदस्यता शुद्धिकरण तथा वितरणका नाउमा हैकमबाजी तथा एक्लौटी निर्णय गरेका बारे, कपिलबस्तु जिल्लामा रहेको सम्पूर्ण क्रियासिल पत्रकारहरुले नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाले गैरलोकतान्त्रिक तरिकाले सदस्यहरुको सदस्यता खारेज गरेको आरोप लगाएका छन् ।
साथै गोप्य तरिकाले नेपाल पत्रकार महासंघले निर्धारण गरेको योग्यता तथा कानून बमोजिमको समेत प्रक्रिया मिची विभेद्कारी रुपमा केहि नयाँ सदस्यता लागि पहल समेत गरेको आरोप लगाएका छन् ।
यस सम्बन्धमा क्रियाशील एबम श्रमजीबी पत्रकारहरुमा निराशा एवम् आवेशको स्थिति उत्पन्न भएकोले नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखासँग एकलौटी निर्णय सच्याउने मांग राख्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । कपिलबस्तुका पत्रकारहरुले संयुक्त संघर्ष समिति गठन गरि आन्दोलनका चरण हरुका घोसना गरेका छन् ।



