
हुलाकी न्यूज, काठमाडौं १३ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विधेयकमा संशोधन वा परिमार्जन आवश्यक रहेको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले खुल्ला संवादमा अहिले जे जति गर्न सकिन्छ गरौं त्यसलाई हार वा जीतको बिषय नभई जीत–जीतको बिषय बनाउनुपर्ने धारणा राखेका छन् ।
दीगो समस्या समाधानका लागि संविधान संशोधन र निर्वाचन नै मुख्य सूत्र रहेको बताउँदै यसका लागि राजनीतिक सहमतिका आधारमा परिमार्जन सहित संविधान संशोधन विधेयकलाई प्रक्रियामा लैजानु र पारित गर्नु वाहेक अर्को विकल्प विकल्प नरहेको बताए ।
आन्दोलनरत पक्षहरुलाई संशोधन विधेयकमा आलोचनात्मक समर्थन गर्न प्रेरित गर्न सकिने र यसले आफ्ना मुद्दाहरुलाई लिएर निर्वाचनमा जाने विकल्प खुल्ने भन्दै उनले यसरी संविधान संशोधन र तीनवटै निर्वाचनको घोषणा एकैपटक गर्न सकिने धारणा राखे ।



